सरकार सँगको वार्ता सकारात्मक भयो : महावीर पुन
नेपालखोज
२०८० वैशाख १७ गते १४:१३

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धि विभिन्न ४ बुँदे माग राखेर शान्तिपूर्ण सडक आन्दोलन जारी राखेका महावीर पुनसँग सरकारले गरेको वार्ता सकिएको छ ।
माग सम्बोधनका लागि साँझ ५ बजेभित्र दुवै तर्फ वार्ता समिति गठन गरि छलफल थाल्ने निष्कर्ष निकालिएको पुनले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्रीको पहलमा भएको छलफल सकारात्मक छ । वार्ता टोली गठन गरेर छलफललाई अघि बढाउने टुंगोमा पुग्यौ ।’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्तसरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबार बिहानबाट माइतीघर मण्डलाबाट सडक आन्दोलनमा छन् ।
महावीरको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यवद्धता जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया