एसीसी प्रिमियर कपमा ओमान विजयी

नेपालखोज २०८० वैशाख १७ गते १८:००

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल वर्षाका कारण रद्द भएपछि नतिजा ओमानको पक्षमा गएको छ ।

त्रिवि मैदानमा कुवेतले दिएको १३१ रनको लक्ष्य पन्छाइरहेको ओमानले ५ ओभरमा विनाविकेटको क्षतीमा ३२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

त्यसअघि टस हारेर ब्याटिंगको निम्ता पाएको कुवेत ३१ दशमलब ३ ओभरमा १३० रनमा अलआउट भयो ।

जसमा अडनान इडरेसले सर्वाधिक ३४ रन बनाए । ओमानका जय ओडेड्रले ५ विकेट हात पारे ।

प्रतिक्रिया