आइतबार, जेठ ६, २०८१

एसीसी कप-अनलाइन टिकट काट्नेहरू ८ बजेअघि नै मैदान पुग्नु पर्ने 

नेपालखोज २०८० वैशाख १७ गते १९:३४

 काठमाडाैं । एसीसी प्रिमियर कपको साेमबार हुने नेपाल र युएई  बिचकाे फाइनल खेल हेर्न अनलाइन टिकट काट्ने हरूले खेल सुरू हुनु भन्दा अगाडीनै मैदान पुग्नु पर्ने एसीसी प्रिमियर कपको टिकेटिङ पार्टनर ‘माइ पे’ले जनाएकाे छ ।

आइतबार सामाजिक सञ्जालमार्फत ‘माइ पे’ कम्पनीले डिजिटल टिकट काट्नेहरूलाई विहान ८ बजेअघि नै मैदानमा आउन आग्रह गरेको हो ।

फाइनलको दिन मैदानमै गएर टिकट काट्नेहरू प्रवेश गर्दा अनलाइन टिकट काट्नेहरूले ठाउँ पाउने सम्भावना कम हुने भएकाले यस्तो अनुरोध गरिएको कम्पनीले जनाएको छ।

यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा पनि ठूलो भीडका कारण अनलाइन टिकट काटेकाहरू मैदान प्रवेश गर्न पाएका थिएनन्। उक्त खेलमा करिब २५ हजारभन्दा बढि दर्शक त्रिवि क्रिकेट मैदानमा जम्मा भएका थिए।

‘माइ पे’ कम्पनीले १५० रुपैयाँमा डिजिटल र २०० रुपैयाँमा मैदानमै टिकटको व्यवस्था मिलाएको छ।

प्रतिक्रिया