आइतबार, असार २२, २०८२

सरकार र महावीर पुनबीचको वार्ता निष्कर्षविहिन

नेपालखोज २०८० वैशाख १७ गते २२:३०

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धि विभिन्न ४ बुँदे माग राखेर शान्तिपूर्ण सडक आन्दोलन जारी राखेका महावीर पुन र सरकारबीचको वार्ता विनानिष्कर्ष सकिएको छ ।

पुनका अनुसार दोस्रो चरणको वार्ता निष्कर्षमा पुग्न सकेन । उनले भने, ‘आज ५.३० बजे देखी ९ बजे राती सम्म सिंहदरबारमा बार्ता भयो। भोली ३.३० बजे दिँउसो फेरि वार्ता गर्ने निर्णय भयो। सबै कुरा मिलेको छैन। आन्दोलन जारी हुनेछ ।’

यसअघि आजै दिउँसो उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच पहिलो चरणकाे वार्ता भएको थियो । सो वार्तामा दुवै तर्फ वार्ता टोली गठन गरेर औपचारिक वार्ता थाल्ने सहमति भएको थियो ।

प्रतिक्रिया