आइतबार, असार २२, २०८२

थरीथरीका मानसिक समस्या

डा. प्रदीप पाण्डे २०८० वैशाख १८ गते ५:५५

काठमाडाैं । नेपालमा आज पनि मानसिक रोग भन्ने वित्तिकै पागलपनको अवस्था मात्रलाई बुझ्दछौं, जसको कारणले गर्दा समस्या हुँदाहुँदै पनि हामी मनोचिकित्सक कहाँ जना डराउने अवस्था छ । व्यक्तिलाई थाहा हुन्छ कि मलाई समस्या छ, तर समाजले, परिवारले र साथीभाईले कमजोर भन्छन कि भन्ने डरले उ मनोचिकत्सक कहाँ जादैन ।

मानिसहरुलाई पनि कतिपय अवस्थामा कस्तो समस्यालाई मानसिक समस्या भन्ने ज्ञान हुँदैन जसका कारण कि त उनीहरु सकिनसकी मन बलियो बनाएर बस्छन् कि त मनोचिकित्सक बाहेक अरु चिकित्सक कहाँ जान्छन् । जसले गर्दा रोग बल्झिदै जान्छ र जटिल अवस्था पुगिसकेपछि मात्र हामी रोगलाई स्वीकार्न पुग्छौं । त्यसैले यो लेखमा रोगको नामका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

नसा तथा मानसिक रोगहरु स्
-प्यारालाइसिस र यसले जन्माउने मानसिक समस्याहरु
-टाउकोमा हुने क्यान्सर र मानसिक समस्याहरु
-छारे र यसका मानसिक समस्याहरु
-टाउकोमा चोटपटक र मानसिक समस्याहरु
-एड्स र मानसिक समस्याहरु
-टाउको दुखाई र यसले गर्दा हुने मानसिक समस्याहरु
-बिर्सने समस्या सँग सम्बन्धित रोगहरु
-कुलतका समस्याहरु
-जाँड, रक्सि र यसका मानसिक समस्याहरु
-चुरोट, गाँजा र यसका मानसिक समस्याहरु
-गोटी, चक्की खाने, सुई हान्ने कुलत र यसका मानसिक समस्याहरु
-कडा मानसिक समस्या र अरु कडा मानसिक समस्याका अवस्थाहरु
-भावना र यसका समस्याहरु
-निरासपन
-बढी खुसि हुने अवस्था
-बढी खुसि र बढी दुखि दुवै अवस्था हुने समस्या
-छटपटीको समस्या
-प्यानिक हुने समस्या
-जे गर्दा नि छटपटी हुने समस्या
-सामाजिक डर
-घटना घटिसकेपछि हुने डर
-दोहोर्याएर सोच्ने बानीले गर्दा हुने डर
-हिस्टेरिया र यसका प्रकारहरु
-सोमाटोफोर्म र यसका प्रकारहरु
-खाना र निन्द्राका समस्याहरु
-सम्भोग सम्बन्धि समस्याहरु
-ब्यक्तित्व सम्बन्धि समस्याहरु
-आत्महत्याका समस्याहरु ।

प्रतिक्रिया