बिहीबार, जेठ २, २०८२

अर्दोआनको दाबी – आईएस प्रमुख कुरेशी टर्की कारवाहीमा मारिए

नेपालखोज २०८० वैशाख १८ गते ८:५१

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले सिरियामा इस्लामिक स्टेटका संदिग्ध प्रमुख अबु हुसेन अल कुरेशीलाई टर्कीको सेनाले मारेको घोषणा गरेका छन् ।

गत नोभेम्बरमा अबु हसन अल–हाशिमी अल–कुरेशीको मृत्युपछि अबु हुसेन अल–कुरेशी आइएसको कमाण्डमा थिए भन्ने विश्वास गरिन्छ ।

अर्दोगानले टर्कीको प्रसारक टीआरटी टर्कलाई एमआईटी खुफिया एजेन्सीको अपरेशनमा आईएस नेता मारिएकोू बताएका हुन । यद्यपी हालसम्म आइएसले यस बीषयमा कुनै वक्तव्य जारी गरेको छैन ।

अर्दोआनले एमआईटी खुफिया एजेन्सीले कुरेशीलाई लामो समयदेखिू पछ्याउँदै आएको बताएका छन् । हामी कुनै भेदभाव बिना आतंकवादी संगठनहरू विरुद्ध हाम्रो संघर्ष जारी राख्नेछौं, उनले भनेका छन् ।

रोयटर्स समाचार एजेन्सीले टर्कीको सीमा नजिकैको उत्तरी सहर जान्द्रासमा उक्त कारबाही गरिएको बताएको छ। गत वर्ष नोभेम्बरमा जिहादी समूह आईएसआईएसले आफ्ना नेता अबु अल-हसन अल-हाश्मी अल-कुरेशीको मृत्यु भएको घोषणा गरेको थियो।

अमेरिकाले सन् २०२२ को अक्टोबरको मध्यमा दक्षिणपश्चिम सिरियामा एउटा अपरेशन चलाएको थियो जसमा उनी मारिएका थिए।

प्रतिक्रिया