वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुचारु
नेपालखोज
२०८० वैशाख १८ गते ११:०१

काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुचारु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।
सम्बन्धित

प्रतिक्रिया