शनिबार, असार २१, २०८२

कस्तो रहला आजको मौसम ? नेपाललाई खेल सक्ने हतार

नेपालखोज २०८० वैशाख १९ गते ७:२४

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत आज हुने हिजोको बाँकी खेलमा नेपाल खेल चाडैं टुग्याउने हतारमा हुनेछ । नेपालले यो खेलमा वर्षा सुरु हुनु अगाबै बाँकी एक बिकेट लिएर आफ्नो इनिङ सुरु गर्नुपर्नेछ । नेपालले सुरुको २० ओभर राम्रोसँग खेल्न पाए (वर्षाले बाधा खडा नगरे) नेपालको त्यही प्रदर्शनका आधारमा यो फाइनलको निर्क्योल हुनेछ । यदि नेपालले सुरुको २० ओभर राम्रोसँग खेल्यो र त्यस पछि वर्षाले खेल हुन सकेन भने डक वर्थ लुइस मेथड अनुसार खेलको निर्णय हुनेछ ।

यसका लागि नेपालले युएई लाई सकेसम्म छिटो अलआउट गरेर राम्रो रनरेटमा २० ओभर खेलि सक्नु पर्नेछ । यदि पानीले खेल नेपालको २० ओभर अगाबै अबरुद्ध भयो र बाँकी खेल हुन सकेन भने खेल सुपर ओभरमा जानेछ जुन फुटबलको पेनाल्टी सुट आउट जस्तै हो । पानीका कारण सुपर ओभर पनि सम्भव नभए नेपाल ओडिआइ बरियता अनुसार स्वत बिजेता हुनेछ । यो सबै कुरा आजको मौसम र नेपालले छोटो समयमै देखाउने प्रदर्शनमा निर्भर गर्नेछ ।

किनभने आजको खेल ९ बजे सुरु हुनेछ भने पानी परे यो खेल ३ बजे सम्ममा सुरु भैसक्नु पर्नेछ । सुपर ओभरमा खेल गए त्यो ५ बजे भित्र खेलाइसक्नु पर्नेछ । मौसमको हिसाब मौसम सम्बन्धि विभिन्न साइटहरुका अनुसार आज किर्तिपुरमा ११ बजे देखि ४ बजे सम्म पानिको योग छ । मौसम भविष्यवाणी अनुसार आज किर्तिपुरमा ११ बजे पानि पर्ने सम्भावना ३० प्रतिशत छ भने १२ बजे ६० प्रतिशत सम्भावना छ ।

त्यसैगरी १ र २ बजेको बिचमा पानि पर्ने सम्भावना अझ बढि अर्थात ७० प्रतिशत छ । दिउँसो ३ बजे पानीको सम्भावना घटेर पुन ६० प्रतिशतमा अनि ४ बजे ५० प्रतिशतमा आउनेछ । त्यस पछि भने वर्षाको योग टरेर जानेछ । समग्रमा आज किर्तिपुरमा पानि पर्ने सम्भावना ७० प्रतिशत छ । किर्तिपुरमा आजको अधिकतम तापक्रम २१ डिग्री रहनेछ भने ह्युमिडिटी ७८ प्रतिशत रहनेछ । आजको सुर्यास्त समय ६ : ३८ हो ।

प्रतिक्रिया