बादलले कडा ब्याक्टेरिया ल्याउने अनुसन्धानको निष्कर्ष

क्यानाडा र फ्रान्सका केही अनुसन्धानकर्ताले बादलहरूले त्यस्ता ब्याक्टेरियाहरू ल्याउने कुरा पत्ता लगाएका छन्, जसलाई कुनै औषधीले असर गर्दैन। यो खोजको प्रतिवेदन साइन्स अफ द टोटल इन्भाइरोमेन्ट जर्नलमा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरूले मध्य फ्रान्सको वायुमण्डलीय अनुसन्धान स्टेशनबाट क्लाउड नमूनाहरू सङ्कलन गरे। बादलको पानीमा प्रति मिलिमिटर ३०० देखि ३० हजार ब्याक्टेरिया भएकाे अनुसन्धानले देखाएको छ ।
अन्वेषकहरूले ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी जीनका २९ उपप्रकार पनि फेला परेको बताएका छन । ती ब्याक्टेरिया एन्टिबायोटिकको सम्पर्कमा आएर आफुमा प्रतिरोधात्मक क्षमता विकास गरे भने औषधी प्रतिरोधको अवस्था विकसित हुन्छ।
विज्ञहरूले लामो समयदेखि ब्याक्टेरियामा विकास हुने औषधि प्रतिरोधी क्षमता विश्वका लागि ठूलो समस्या हुनसक्ने अनुमान गर्दै आएका छन्। यसले निश्चित प्रकारका ब्याक्टेरियल संक्रमणको उपचार गर्न धेरै गाह्रो बनाउनेछ ।
केहि अवस्थामा त्यसको उपचार असम्भव हुनेछ। – एजेन्सी
प्रतिक्रिया