नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्री र सभामुखको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सभामुख देवराज घिमिरेले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्यस्तै सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान पुगेका थिए ।
एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ ।
प्रतिक्रिया