एआई दिग्गज जेफ्री हिन्टनले भने- यो क्षेत्र खतरनाक बन्दैछ, गुगलको जागिर छोडे

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका ‘गडफादर’ मानिने जेफ्री हिन्टनले यो क्षेत्रमा नयाँ प्रयोग खतरनाक बन्दै गएको बताउँदै गुगलबाट राजीनामा दिएका छन् ।
राजीनामा दिने क्रममा ७५ वर्षीय हिन्टनले ‘न्यूयोर्क टाइम्स’लाई आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफूले गरेको कामप्रति अहिले पछुतो भएको बताए ।
उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग सम्बन्धित केही कुरा धेरै खतरनाक अनि डरलाग्दा छन् । उनले बोट्सका बारेमा भने, अहिले यो मानिस भन्दा बौद्धिक छैन, तर जहाँसम्म म भन्न सक्छु यो छिट्टै त्यो भन्दा बढी बौद्धिक बन्न सक्छ।
गहिरो शिक्षा र तंत्रिका नेटवर्कको क्षेत्रमा डा. हिन्टनले डीप लर्निंङ र न्यूरल नेटवर्कको क्षेत्रमा गरेको महत्त्वपूर्ण अनुसन्धान कै कारण च्याट जीपीटी जस्तो कृत्रिम बुद्धिमत्ता प्रणालीको मार्ग प्रशस्त गरेको हो ।
डा. हिन्टनले बिबिसीलाई भनेका छन् चाँडै च्याटबटले मानव दिमागमा हुन सक्ने जानकारीको स्तर पार गर्न सक्छ। न्युयोर्क टाइम्समा लेखिएको लेखमा उनले खराब मानिसहरूले यसको दुरुपयोग गर्न सक्ने पनि बताएका छन् ।
प्रतिक्रिया