दार्चुलामा हिमपहिरो, यार्सागुम्बा खोज्न हिँडेका मानिस पुरिएको आशंका
नेपालखोज
२०८० वैशाख १९ गते १७:०६

काठमाडाैं । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसाे हिम पहिरो गएको जनाइएकाे छ । यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ ।
हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकि छ ।
सम्बन्धित
प्रतिक्रिया