आरजु राणा भन्छिन्- मविरुद्ध नियोजित रूपमा मानमर्दन भइरहेको छ

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले आफूविरुद्ध नियोजित रूपमा मानमर्दन भइरहेको बताएकी छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आरजुले व्यक्तिगत रिस, कुण्ठा र आवेगलाई स्थान नदिन सञ्चार माध्यमलाई आग्रहसमेत गरेकी छन् । उनले तथ्यमा रहेर कसैको हस्तक्षेपबिना मिडियामार्फत सूचना र विचारहरू दिन सकिने भएपनि नियोजित रूपमा आफूविरुद्ध प्रहार भइरहेको बताएकी छन् ।
‘त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरूले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछ,’ उनले भनेकी छन्, ‘हरेकजसो अन्तवार्तामा केही व्यक्तिहरू नियोजितरूपमै मेराविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम सञ्चार माध्यमलाई आग्रह गर्दछु,’ उनले भनेकी छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राणा कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
प्रतिक्रिया