राजा महेन्द्रको शुभराज्याभिषेक

सुनील उलक २०८० वैशाख २० गते ९:२३

आज बैशाख २० गते ६७ वर्ष अगाडि आजकै दिन नेपालको राजधानी काठमाडौंमा राजा महेन्द्रको राज्याभिषेक थियो । १०४ वर्ष लामो राणाशासनको उन्मुक्ति पछि पहिलो पटक विश्वका प्रख्यात ब्यक्तित्वहरुलाई काठमाडौमा पाहुनाका रुपमा बोलाएर भव्य रुपमा उक्त राज्याभिषेक समारोह सम्पन्न भएको थियो । ४०० भन्दा बढि बिशिष्ट बिदेशी पाहुनाहरु तथा १५ राज्यप्रमुखहरुको सहभागिता रहेको यस राज्याभिषेक समारोह हनुमानढोका दरवार तथा नारायणहिटी दरवारमा सम्पन्न भएको थियो ।

यस राज्याभिषेक समारोहलाई नजिकबाट नियाल्न १४०० अमेरिकी पर्यटकहरु पनि आएका थिए । पाहुनाहरुमा सिक्किमका राजकुमार नामग्याल पनि थिए भने भारतका उपराष्ट्रपति राधाकृष्णनको पनि बिशेष उपस्थिति थियो । त्यस्तै चीनबाट भाइस प्रिमियर, बेलायतबाट अर्ल अफ स्कारबोरो, फ्रान्सले भारत स्थित राजदूत, अमेरिकी सरकारले राष्ट्रपति आइजन हावरको बिशेष प्रतिनिधिका रुपमा डा. मायो र उनको श्रीमती, पठाएका थिए । त्यस्तै जापान, बर्मा र थाइलैण्डबाट पनि बिशिष्ट पाहुनाको आगमन भएको थियो ।

यि सबैभन्दा भिन्न तथा महत्वपूर्ण सर्च फर प्याराडाइज नामक चलचित्र निर्माणका क्रममा एशियाली राष्ट्रमा छायाँकनका लागि निस्केको सिनेरामा मोशन पिक्चरका टोली सहित निर्माता लोवेल थोमस पनि आइपुगेका थिए । जुन सिनेमामा रहेको राज्याभिषेक तथा काठमाडौका सुन्दर दृश्यहरु आज हाम्रा लागि महत्वपूर्ण दस्तावेजका रुपमा रहन पुगेको छ । बिशिष्ट पाहुनाहरुका सत्कार तथा रहने खाने ब्यबस्थाका लागि रोयल होटलका मालिक बोरिस लिसानेविचलाई राजा महेन्द्रले बिशेष ब्यबस्थाका लागि निर्देशन दिएका थिए । बोरिसले बिदेशी पाहुनाहरुक सुविधाका लागि आफ्नो होटलमा अत्याधुनिक रुपका ३० वटा बाथरुम बनाएका थिए । विशिष्ट पाहुनाहरुका लागी बिशेष पेस्टल बाथटब पनि जडान गर्न लगाइएको थियो । बोरिसले डिसी ३ विमान तीन दिनसम्म चार्टर्ड गरेर पटनाबाट ६ हजार कुखुरा, १ हजार ठूला कुखुरा (Guinea Fowl), २ हजार हाँस, ५ सय टर्की कुखुरा, १ सय राजहाँस ल्याएका थिए । साथमा डेढ टन माछा, २ टन बिभिन्न किसिमका तरकारीहरु तथा केही टन चिस्याउने बरफ पनि लिएर आएका थिए ।

यसका साथै ल्याइएको सयौ डब्बा फलफूलहरुमा दुइ तिहाइ ल्याउँदा ल्याउँदै बिग्रिएका थिए । बैशाखको गर्मी तथा पटनाबाट ल्याउनु पर्दा कतिपय सामग्री बिग्रिएका थिए । बोरिसले खाद्य सामग्री मात्रै होइन, ६७ जना तालिम प्राप्त भान्से पनि भारतबाट नै ल्याएका थिए । तथा करिव १०० तालिम प्राप्त उनका सहयोगीहरु पनि भारतबाट नै आएका थिए । राजा महेन्द्रले आफ्नो राज्याभिषेकमा आउने बिशिष्ट पाहुनाहरुका लागि ४० वटा अत्याधुनिक कार पनि मगाएका थिए । साथै निजी स्तरमा काठमाडौमा होटलहरु पनि खोल्न लगाइएको थियो । लण्डनबाट शिशाका भाँडाहरु चीनिया माटोका बिशेष भाँडा तथा क्रिस्टल ग्लासहरु ल्याइएका थिए ।

साथमा छुरी, काँटा, चम्चाहरु अनि बिभिन्न बिदेशी रक्सीहरु पनि ल्याइएको थियो । त्यहिबेला नेपालमा पहिलो पटक कोकाकोला पनि ल्याइएको थियो । बिदेशी पाहुनाहरुको आगमन हुने एक मात्र थलो घाँसे गौचर विमानस्थललाई सम्याउने, चक्ल्याउने तथा सफा गर्ने काम गरिएको थियो । २०१३ सालमा नै बिशाल टुँडिखेलको दक्षिणमा रहेको कमल पोखरीलाई पुरेर खेलकुद मैदान बनाइ त्यहि मैदानमा पहिलो पटक खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । पछि त्यहि खेलकुद मैदान नै दशरथ रङ्गशाला बन्यो ।

सबैभन्दा समस्या राज्याभिषेकको सबैभन्दा महत्वपूर्ण श्रीपेचमा राखिने कल्कीको भएको थियो । कल्कीका रुपमा राखिने विशेष चरा बर्ड अफ प्याराडाइज मार्न तथा समाउन विश्वस्तरमा नै प्रतिबन्ध लागिसकेको थियो । निकै कठिनाइ पछि न्यूयोर्कमा रहेको अमेरिकन म्यूजियम अफ न्याचुरल हिस्ट्रीले १०० वटा दुर्लभ प्वाँख उपहारका रुपमा उपलब्ध गराइदिएको थियो । २०१३ सालको बैशाख २० गते बिहानको १०ः४३ बजेको शुभसाइतमा राजा महेन्द्रको शिरमा बिशेष चराको प्वाँख जडित श्रीपेच लगाइ दिए पछि शुभराज्याभिषेक सम्पन्न भएको थियो । राजा महेन्द्र तथा रानी रत्न राज्याभिषेक समारोह सम्पन्न भए पछि हनुमानढोका दरवारबाट ५५ वर्ष उमेर पुगेको अति नै ज्ञानी हात्ती त्रिभुवन प्रसादमा सवार भएर जनताको अभिवाद

प्रतिक्रिया