ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?

नेपालखोज २०८० वैशाख २० गते ११:२०

काठमाडौं । बुधबार सुन-चाँदीको भाउ बढेको छ।

सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया