बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८० वैशाख २० गते १६:५३

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार वादी नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार श्रेष्ठ भएको बैकिङ कसुर मुद्दामा अदालत पाटन, ललितपुरको २०७९ माघ २७ जाहेरवालाले प्रतिवादीबाट विगो २६ लाख रुपैयाँ भरि पाउने ठहरी उच्च अदालतको फैसला अनुसार निज प्रतिवादीको नामको स्वतन्त्र जायजेथा समेत फेला नपरेकोले विगो वापत प्रतिवादीलाई दुई बर्ष कैद सजाय ठहर गरी फैसला भएको थियो ।

सो पश्चात फरार रहेका ४३ बर्षिय श्रेष्ठलाई मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया