नवनियुक्त तीन मन्त्रीको शपथ भोलि
नेपालखोज
२०८० वैशाख २० गते २१:०८

काठमाडौं । नवनियुक्त तीन मन्त्रीको शपथ कार्यक्रम भोलि हुने भएको छ । शपथ भोलि दिउँसो ३ बजे हुने राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।
राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।
सम्बन्धित
प्रतिक्रिया