मुम्बई इन्डियन्स पञ्जाब किंग्सविरुद्ध ६ विकेटले विजयी

पञ्जाब किंग्स : २१४/३, लियाम लिभिङस्टोन – ८२, पियुष चावला २/२९ मुम्बई इन्डियन्स: २१४/४, इशान किशन – ७५ , साम कुरान – २/३४
काठमाडाैं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपिएल) २०२३ को ४६औं खेलमा पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै मुम्बईले पाँचौं जितका साथ प्लेअफ सम्भावना मजबुत बनाएको छ । मुम्बईको वानखेडे स्टेडियममा पञ्जाब किंग्सविरुद्ध मुम्बई इन्डियन्सका ब्याट्सम्यानले जे गर्न सकेनन्, मोहालीमा गरे ।
पञ्जाब किंग्सले मुम्बईमा यो घरेलु टिमलाई २१५ रनको चुनौती दिएको थियो र १३ रनले जितेको थियो । यता आफ्नो घरेलु मैदानमा पनि पञ्जाबले मुम्बई विरुद्ध २० ओभरमा २१४ रन बनाएर मुम्बईलाई २१५ रनको चुनौती दियो । यस पटक मुम्बईले यो लक्ष्य सजिलै पुरा गर्यो । मुम्बईले सात बल बाँकी रहँदै जित निकालेको हो । तिलक वर्मा २६ रनमा अविजित रहे भने टिम डेभिडले १९ रन बनाए ।
मुम्बईको शानदार जितमा ओपनर इशान किशन (७५ रन) र सूर्यकुमार यादव (६६ रन)को भूमिका र उनीहरुबीचको शतकीय साझेदारी सबैभन्दा महत्वपूर्ण रह्यो । मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ ।
पन्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ सातौं स्थानमा छ । गुजरात ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ र चेन्नईको समान ११ अंक भएपनि नेटरनरेटका कारण क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया