शनिबार, असार २१, २०८२

कोरोनाको दीर्घकालीन स्वास्थ्य समस्या

नेपालखोज २०८० वैशाख २१ गते ५:५०

काठमाडौं । कोरोना ठिक भएपछि यसको दिर्घकालिन स्वास्थ समस्या कसरी,कति, के(कस्ता , कति समय पछि आदि देखा पर्छ भन्ने कुराको बिस्तृत अध्ययन हुन र निस्कर्श निस्कन अझै केही समय लाग्नेछ । यस्तो परिस्थितिमा केही सामान्य लक्षण देखिन सक्छ । अवस्था गम्भीर भयो भने मात्र चिन्ता लिनु पर्छ । हैन भने धेरै चिन्ता गर्नु जरुरी नभएको चिकित्सकहरुको सुझाव छ । केही बिरामीमा कोरोना नेगेटिभ देखिसक्दा समेत केही लक्षण भने बाँकी नै रहेको पाइयो । चिन्ताले चिता पुर्याउँछ भने झैँ अनावश्यक चिन्ताले चैँ समस्या अझ बढाउँछ । कोरोना पश्चात् निम्न लक्षण देखिनुलाई चिकित्सकले सामान्य भनेका छन् ।

शरीर दुख्ने तथा कमजोरी

कोरोना सङ्क्रमणको समयमा व्यक्तिलाई शारीरिक दर्दसँगै कमजोरी महसुस हुन्छ । कतिपय व्यक्तिलाई ठिक भएपछि समेत शरीर दुखिरहन्छ भने कमजोर महसुस हुन्छ । यसलाई लिएर चिन्ता लिनु नपर्ने चिकित्सक बताउँछन् । यसबाट छिटै छुटकारा पाउन खाना तथा दैनिक जीवन यापनको शैलीमा ध्यान दिए पुग्छ अस्पताल जान जरुरी हुँदैन ।

श्वास/प्रश्वास

कोरोनाले फोक्सोमा आक्रमण गर्छ । यसै कारण श्वास/प्रश्वासमा असर पर्ने हुन्छ । ठिक भइसक्दा समेत श्वास/प्रश्वास सहज भएन भने पनि आतिनु पर्दैन । यो समस्या विस्तारै विस्तारै ठिक हुँदै जाने चिकित्सक बताउँछन् । शरीरमा एक पटक कोरोना प्रवेश गरिसकेपछि फोक्सो प्रभावित हुने भएकोले पुरै सास लिन नसेको झैँ आभास हुने हो ।

टाउको दुख्ने तथा अनावश्यक तनाव

कतिपय व्यक्तिलाई कोरोना नेगेटिभ भई सक्दा समेत निरन्तर टाउको दुख्ने र तनाव हुने गर्छ । यसको लागि अस्पताल दौडिनुभन्दा व्यायाममा ध्यान दिनु फलदायक हुन्छ । यस्ता लक्षण देखिदा आफुलाई ठिक नभएको अनुमान लगाएर चिन्ता गर्नुको कुनै अर्थ रहँदैन ।

थकान

कोरोना भएसँगै शरीरमा अधिक थकान महसुस हुन्छ । कोरोनाबाट मुक्त हुनासाथ पहिला झैं दैनिकीमा फर्किँदा थकान महसुस हुन सक्छ । यस्तोमा बिस्तारै बिस्तारै काम गर्नु पर्छ । थकान महसुस हुँदा आराम गर्नुपर्छ । तर चिन्ता भने बिलकुलै लिनु हुँदैन ।

प्रतिक्रिया