‘ए’ डिभिजन लिग अन्तर्गत आज बिहीबार दुई खेल हुँदै
नेपालखोज
२०८० वैशाख २१ गते ७:३७

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
एन्फा कम्प्लेक्समा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया