शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशय पत्र

नेपालखोज २०८० वैशाख २१ गते १०:३८

काठमाडौं । नेपाल धितो पत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । बोर्डले यसअघि १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो ।

बोर्डले सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज प्रा.लि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रा.लि, मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्रा.लि, मनि वल्ड शेयर एक्सचेन्ज प्रा.लि, शुभकामना सेक्युरिटिज प्रा.लि र मियो सेक्युरिटिज प्रा.लि लाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।

धितो पत्र बोर्डले गत २ असोज २०७९ मा धितो पत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

४५ कम्पनीको आवेदन परेको थियो । धितो पत्र बोर्डले धितो पत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड तोकेको छ ।

त्यस्तै पूर्ण कारोबार गर्ने धितो पत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितो पत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकेको हो ।

प्रतिक्रिया