सुनको मूल्यले बनायो रेकर्ड, कति पुग्यो ?

नेपालखोज २०८० वैशाख २१ गते ११:१८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।

यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया