शनिबार, जेठ ५, २०८१

उड्ने कारको बुकिङ खुल्यो

नेपालखोज २०८० वैशाख २२ गते १२:३६

एजेन्सी । उडिरहेको कारको बारेमा सोच्दा मानिसको दिमागले विभिन्न चित्र बनाउँछ । हलिउड चलचित्रका उड्ने कारहरू वास्तविकता बन्नेछन् भन्ने कल्पना कमै मानिसले गरेका थिए । यद्यपि अहिले मानिसहरू यस्ता उड्ने कारको उत्सुकताका साथ पर्खाइमा छन् ।

यस बिच एयरो कम्पनीले उड्ने कारको बिक्री वितरण थालिसकेकाले अब यसका लागि धेरै समय कुर्नुपर्ने छैन । जेटसन एरो कम्पनीले जेटसन वन लन्च गरेको छ जुन उडान कार हो। अहिलेसम्म हामीले धेरै उड्ने कारको बारेमा सुनेका छौँ, तर कुनै पनि कारको उत्पादन सुरु भएको छैन ।

विभिन्न कम्पनीले अहिलेसम्म यसको प्रोटोटाइप मात्र बनाउन सकेका छन् तर, त्यसको व्यावसायिक उत्पादन असफल हुँदै आएको छ । यस्तो अवस्थामा जेटसन एरोले फ्लाइङ कारको बुकिङ सुरु गरेर ठुलो कदम चालेको छ । यो उड्ने कारको बुकिङ पूर्ण बुकिङ सुरु भएसँगै कम्पनीले ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यो वर्ष कम्पनीले २ सय वटा फ्लाइट कार डेलिभरी गर्नेछ जसको बुकिङ भैसकेको छ । हाल २०२३ मा गरिने डेलिभरीको लागि मात्र अर्डर लिइएको छ । यो समाचार तयार पार्दासम्म जेटसन वनका २ सय ६४ वटा बुकिङ भैसकेको छ । अमेरिकी स्टार्टअप कम्पनी जेटसन एरोले जेटसन वन फ्लाइट कार ९८,००० डलर (लगभग १ करोड २८ लाख रुपैयाँ) मा लन्च गरेको छ ।

यदि कसैले यो फ्लाइट कार किन्न चाहन्छ भने उसले ८,००० डलर (लगभग १० लाख ४४ हजार रुपैयाँ) डाउन पेमेन्ट तिरेर घर लान सक्छ । यद्यपि यो अहिले नेपालमा उपलब्ध छैन , यो अमेरिकी बजारको कुरा हो । प्राविधिक रूपमा जेटसन वन एउटा विद्युतीय गाडी हो जुन ठाडै टेक-अप र ल्यान्डिङ (eVOTL) गर्न सक्छ । eVOTL भनेको जेटसन वनले उडान, होभर, टेक अफ र सीधै अवतरण गर्न विद्युतीय शक्ति प्रयोग गर्छ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन नियमन अनुसार जेटसन वन अल्ट्रा लाइट गाडीको श्रेणीमा आउनेछ । यसको उडान भर्न कुनै पाइलट लाइसेन्स आवश्यक हुनेछैन। यो फ्लाइट कार १ हजार ५ सय फिटको उचाइसम्म उड्नेछ ।

यो उड्ने कारमा ८८ किलोवाटको ब्याट्री प्याक र ८ वटा विद्युतीय मोटर छन् । इलेक्ट्रिक पावर ट्रेनका साथ जेटसन वनले १०२ किलोमिटर प्रति घण्टाको उच्च गति लिन सक्छ ।

प्रतिक्रिया