सोमबार, वैशाख ३१, २०८१

के हो डिजिटल डिटक्स, कसरी कम गर्ने ?

नेपालखोज २०८० असार २ गते ८:३६

युवायुवतीहरूमा सेलफोनको यस्तो लत बसिसकेको छ कि उनीहरू यो प्रकोपबाट मुक्त हुने कल्पना पनि गर्न सक्दैनन् । उनीहरूलाई यो बानि हटाउन भनिए नकारात्मक प्रतिक्रिया जनाउन पनि पछि पर्दैनन् ।

यदि कुनै कुरा आफु अनुकुल छैन भने उनीहरू आफ्नो दृष्टिकोण प्राप्त गर्न जुनसुकै हदसम्म जान सक्छन् । यो कुरा बालबालिका वा युवायुवतीमा मात्र लागू हुने होइन । हिजोआज वयस्कहरू पनि दिनरात मोवाइलमा टाँसिएर घण्टौंसम्म रिल्स हेरिरहेका हुन्छन् । यसले उनीहरूको निद्रामा मात्र असर गर्दैन टाउको दुख्ने तथा माइग्रेनको आक्रमण समेत हुन सक्छ ।

यति मात्र होइन, मोबाइलको अत्याधिक प्रयोगले बाल्यकालमै आँखा कमजोर हुँदै गएको छ भने स्क्रिनबाट निस्कने नीलो किरणले छालालाई बिगारिरहेको छ । मोबाइलको विकिरणले थाइराइड र क्यान्सरसमेत गराउँछ । ३० मिनेटभन्दा बढी मोबाइल चलाउँदा उच्च रक्तचाप हुने र दिनभर भिडियो गेम खेल्दा बालबालिकाको शारीरिक–मानसिक स्वास्थ्य खतरामा पर्ने विभिन्न अध्ययनले देखाएको छ ।

अर्थात् बालबालिका हुन् वा वृद्ध सबैले मोबाइल बमको साइलेन्ट विस्फोटबाट जोगिज आवश्यक छ र यसका लागि डिजिटल डिटोक्स कसरी गर्ने र फोन कति समयसम्म चलाउने भन्ने कुरा जान्नुपर्छ ।

भिडियो गेमको बानी कसरी छोड्ने ?

मोबाइल प्रयोग गर्दा हुने साइड इफेक्टका कारण स्वास्थ्यमा क्षति पुग्छ र यसको अनावश्यक प्रयोगबाट कसरी जोगिनुपर्छ भन्ने कुरामा बिश्वस्त हुनुपर्छ ।

स्मार्टफोन दृष्टि सिंड्रोम

– कमजोर दृष्टि
– सुख्खापन
– परेला सुन्निनु
– रातोपन
– उज्यालो प्रकाश हेर्दा समस्या
– एकटक हेर्ने समस्या
– आँखाको शत्रु स्मार्टफोनका कारण रेटिना क्षति र कमजोर आँखाको ज्योति

डिटक्स विधि

– नोटिफिकेसन बन्द राख्नुहोस्
– उठ्ने बित्तिकै फोन नहेर्नुहोस्
– वर्क आउट गर्नुहोस
– दिउँसो खाना खाँदा नो फोनको नियम अपनाउनुहोस ।
– परिवार सँग हुँदा फोन टाढा राख्नुहोस् ।
– बालबालिकाहरूसँग खेल्दा फोन फ्लाइट मोडमा राख्नुहोस् ।
– ईभनिङ वाक अवस्य गर्नुहोस् ।
– फोटो खिच्दा फोन फ्लाइट मोडमा राख्नुहोस् ।
– राति सुन्न सकिने एपहरू मात्र प्रयोग गर्नुहोस् ।
– सुत्नु अघि फोन प्रयोग नगर्नुहोस् ।
– मोबाइललाइ ओछ्यानबाट टाढा राख्नुहोस् ।

मोबाइलले सृजना गर्छ

– चिडचिडापन वा क्रोध
– नियमित काममा बाधा
– मानसिक रूपमा कमजोर
– शारीरिक रूपमा कमजोर
– पाठेघरको समस्या
– भर्टिगो
– स्नायु समस्या
– बोली ( व्यबहारमा समस्या
– कमजोर दृष्टि
– सुन्ने कुरामा समस्या
– एकाग्रता भंग
– मोटोपन
– आँखाको शत्रु
– खराब जीवनशैली

अनलाइन कामले निम्त्याउँछ
– रेडिएशन (विकिरण)
– प्रदूषण
– पोलन

दृष्टि सुधारका लागि

-महात्रिफला घ्रिता पिउनुहोस् । दूधसँग १ चम्चा खाना पछि दिनमा दुई पटक ।

-मस्तिष्क स्वस्थ राख्न दैनिक जुस पिउनुहोस् । जुसका लागि एलोबेरा
(घ्यु कुमारी), गुर्जो (गिलोय) वा अश्वगन्धा
प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया