बिहीबार, जेठ २, २०८२

म यहाँ सेवा लिन होइन, सेवा गर्न आएको हुँ : राजा चार्ल्स

नेपालखोज २०८० वैशाख २३ गते १७:१४

काठमाडौं । राजा चार्ल्सले आफ्नो राज्याभिषेकको समयमा भनेका थिए कि ‘म यहाँ सेवा लिन होइन गर्न आएको हो ।’

राजा चार्ल्स ले शपथ लिए । यस क्रममा क्यान्टरबरीका आर्कबिशपले इङ्गल्याण्डमा हरेक धर्मका मानिसहरू स्वतन्त्र रूपमा बस्न सक्ने वातावरण सिर्जना गरिने बताए ।

उनले राजा चार्ल्स लाई आफ्नो शासनकालमा कानून र चर्च अफ इङ्गल्याण्डलाई कायम राख्ने हो कि भनेर सोधे । यसपछि राजाले बाइबलमा हात राखेर सहमति जनाए ।

राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन संसारभरका सेलिब्रेटीहरू आएका थिए । बेलायतका प्रधानमन्त्री ऋषि सुनक देशका सात पूर्व नेतासहित यहाँ पुगेका थिए ।

प्रतिक्रिया