रुसले फस्फोरस बम खसालेको आरोप

युक्रेनले रुसले बखमुतमा फस्फोरस बम प्रयोग गरेको आरोप लगाएको छ । युक्रेनी सेनाले त्यसको भिडियो फुटेज समेत जारी गरेको छ, जसमा बाख्मुत आगोमा देखाइएको छ । भिडियोमा आकाशबाट सेतो फस्फोरसको वर्षा भइरहेकाे जस्तो देखिन्छ ।
सेतो फस्फोरस प्रतिबन्धित नभए पनि सामान्य मानिसहरूमा यसको प्रयोग युद्ध अपराध हो। यसको आगो छिटो फैलिने तथा आगो निभाउन निकै गाह्रो हुने हुन्छ । रुसले विगतमा पनि यस्तै बम प्रयोग गरेको आरोप लाग्दै आएको छ ।
रुसले विगत केही महिनादेखि बखमुतमा कब्जा गर्ने प्रयास गरिरहेको छ । यहि प्रयासमा हजारौं रुसी सैनिक मारिएको पश्चिमी देशहरूको अनुमान छ।
युक्रेनको रक्षा मन्त्रालयले ट्वीटरमा लेखेको छ-रुसले कब्जा नगरेको बखमुत क्षेत्रमा आगजनी गर्ने हतियार प्रयोग गरिएको छ। युक्रेनले सेयर गरेको फुटेज ड्रोनबाट लिइएको देखिन्छ । भिडियोमा अग्लो भवनमा आगलागी भएको देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा शेयर भैरहेको अर्को भिडियोमा जमिनमा आगो र आकाशमा उज्यालो देखिन्छ । उक्त भिडियो फुटेज बाल अस्पताल नजिकै बखमुतको केन्द्रबाट लिइएको बताइएको छ ।
अनुसन्धानमा रुस आगजनी गर्ने हतियार प्रयोग भएको तर त्यो फस्फोरस भए-नभएको भने स्वतन्त्र पुस्टि हुन नसकेको बिबिसीको समाचारमा जनाइएको छ । -BBC
प्रतिक्रिया