कंगोमा बाढी पहिरो : दुई सय भन्दा धेरैको मृत्यु
नेपालखोज
२०८० वैशाख २४ गते ८:४६

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।
दक्षिणी किभु प्रान्तको कालेहे क्षेत्रमा बिहीबारदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ । पहिरोले दुई गाउँका पुरै घर भत्किएका छन् ।
यसै पनि गरिबीले सताएको गाउँमा बाढी पहिरोले ठूलो क्षति पुर्याएपछि अवस्था अत्यन्तै दयनीय बनेको छ । कङ्गोली डाक्टर र नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेले आफूले मद्दतको लागि मेडिकल टोली पठाएको बताए।
दुई दिनअघि छिमेकी मुलुक रुवाण्डामा आएको बाढीमा परी १३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया