सुनको भाउ घट्यो

नेपालखोज २०८० वैशाख २४ गते १३:२९

काठमाडौं । आज सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ ।

२१ वैशाखमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । २१ वैशाखमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ पुगेको थियो ।

आइतबार चाँदीको मूल्य भने २१ वैशाखकै मूल्य कायम गरिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया