पाकिस्तानमा ईसनिन्दाको आरोपमा मस्जिदका इमामको कुटपिट गरी हत्या

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मर्दान सहरमा एक राजनीतिक र्यालीमा दिएको भाषणबाट आक्रोशित मानिसहरूले एक व्यक्तिलाई ईश्वरनिन्दाको आरोप लगाएर नराम्रोसँग कुटपिट गरे जसका कारण उनको मृत्यु भएको छ ।
घटनाको पुष्टि गर्दै मर्दानका प्रहरी अधिकारी नजिबुर रहमानले बताए अनुसार मौलाना निगार अली नामका व्यक्तिले राजनीतिक दलको र्यालीमा त्यहाँ उपस्थित स्थानीय राजनीतिक नेताका बारेमा केही शब्द भनेका थिए, जसले त्यहाँका मानिसहरूलाई उत्तेजित बनाएको थियो।
प्रहरीले यो घटना लाई लिएर अहिलेसम्म मुद्दा दर्ता नगरेपनि विभिन्न स्रोतबाट घटनामा संलग्न व्यक्तिहरुको पहिचान भै अनुसन्धानपछि मुद्दा दर्ता गरिने अधिकारीहरुले बताएका छन् । मारिएका मौलाना निगार अली स्थानीय मस्जिदका इमाम थिए। उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।
मर्दानका एक प्रहरी अधिकारीले भनेका छन् – राजनीतिक दलको बैठकमा मौलाना निगार अलीको भाषण पछि र्यालीका सहभागीहरू क्रोधित भए, घटनास्थलमा रहेका अधिकारीहरूले उनलाई क्रोधित भीडबाट त बचाए र नजिकैको एक पसलमा पुर्याए । त्यसपछि स्थानीय बुद्धिजीवी तथा नेताहरु घटनास्थल पुगेर वार्ताको प्रक्रिया सुरु भएको र स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको अधिकारीहरुको भनाइ छ ।
एक प्रहरी अधिकारीका अनुसार वार्ताको प्रक्रिया चलिरहेका बेला आक्रोशित भीडले पसलमा आक्रमण गरी मौलाना निगरलाई जबरजस्ती पसलबाट बाहिर निकालेर कुटपिट गरी आफूसँगै लगेको थियो । आक्रोशित भिडको संख्या धेरै ठूलो भएकाले प्रहरीले रोक्न नसकेको उनले बताए । यद्यपि प्रहरीले राजनीतिक दलका अन्य नेताहरुलाई भने सुरक्षित राख्न सफलता पाएको छ ।
प्रतिक्रिया