सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राखियोस् : आरजु राणा
नेपालखोज
२०८० वैशाख २४ गते १७:३४

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्नुपर्ने बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सम्पतिको बिवरण सार्वजनिक हुनुपर्ने माग राखेकी हुन् ।
‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले भनिन्, ‘कसको के थियो ? कहिले थियो ? कसको बढ्यो ? कसको घट्यो ? के स्रोत हो ? सबै प्रकाशित होस्’
आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया