शनिबार, जेठ ५, २०८१

नेपालमा भिभो भी२७ सिरिजको प्रि–बुकिङ खुला

नेपालखोज २०८० वैशाख २४ गते १९:४९

-भिभोको पहिलो थ्रीडी कर्भ स्क्रिन भएको भी२७ फाइभजी
-राती पनि स्पष्ट र गुणस्तरीय तस्वीर खिच्न सकिने औरा लाइट पोट्र्रेट सिस्टम

काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् । ग्राहकहरुले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ईको प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड एयरबड पाउँनेछन् । फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रटसिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् ।

भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, “भिभोभी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।

ग्लोइङ पोट्र्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा
भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट पोट्र्रट प्रणाली छ जसलेग्लोइङ पोट्र्रटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ ।

भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ । साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातिको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ ।

त्यस्तै भी२७ई को६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरु खिच्न सक्छन् ।

दमदार स्क्रिन र मोहक डिजाइन
भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ। त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसलेस्क्रिनको ब्राइटनेशलाई व्यवस्थीत गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ ।

शानदार प्रदर्शन
भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरुकेवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेकोछ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ । त्यस्तै भी२७ईमा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ ।

भी२७ फाइभजी दुई आकर्षक रंगहरूमा– म्याजिक ब्लू र नोबल ब्ल्याकमा रु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रंगहरूमा –ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया