बिहीबार, असार १९, २०८२

भोलिबाट काठमाडौंको अव्यवस्थित तार व्यवस्थापन थालिने, सुरु कहाँबाट ?

नेपालखोज २०८० वैशाख २४ गते २०:२७
Photo : Metronews

काठमाडौं। काठमाडौं महानगरपालिकाले अव्यवस्थित तारको व्यवस्थापन भोलिबाट थाल्ने भएको छ । आज महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा साझेदार बिच भएको छलफलबाट भोलिबाट काम थाल्ने निर्णय गरेको हो ।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षमा छलफल गर्दै बैठकले, पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख पाण्डेकाअनुसार भोलि बिहान माइती घर मण्डला र न्यूरोड गेटबाट व्यवस्थापनको काम थालिनेछ । यसमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।

ती क्षेत्रमा सेवा प्रदायकले आफ्नो आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनु पर्ने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो ।

प्रतिक्रिया