बिहीबार, असार १९, २०८२

जलवायु परिवर्तन : विश्वमा गर्मीको रेकर्ड तोडिएको बेला यो नयाँ रिपोर्टले के भन्छ ?

नेपालखोज २०८० वैशाख २५ गते ६:०३

काठमाडाैं । अब आउने पाँच वर्षमा विश्वको तापक्रम नयाँ स्तरमा जान सक्ने सम्भावना अहिले पहिलेको तुलनामा निकै बढेको छ । एक प्रमुख अध्ययनपछि सन् २०२५ सम्ममा कुनै एक वर्ष पूर्व-औद्योगिक समयको तुलनामा पृथ्वी १.५ डिग्रीसम्म तातो हुनसक्ने बताइएको छ ।

यो तापक्रम जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अन्तर्गत तोकिएको दुईवटा तापक्रम सीमाभन्दा कम छ। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) द्वारा प्रकाशित प्रतिवेदनबाट यो अध्ययन बाहिर आएको हो । यो निष्कर्ष बेलायतको मौसम विभाग बाहेक अमेरिका र चीन लगायत १० देशका अनुसन्धानकर्ताहरूले गरेको संयुक्त अध्ययनमा आधारित रहेको बताइएको छ ।

पृथ्वीको तापक्रम बढेसँगै बेमौसमी वर्षा, वन डढेलो, चक्रवात, बाढी जस्ता प्राकृतिक प्रकोपको सम्भावना पनि बढेको मौसमविद्हरुले बताएका छन् । पछिल्लो दशकमा कुनै एक वर्षमा १ दशमलव ५ डिग्रीसम्म तापक्रम बढ्ने सम्भावना २० प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । यद्यपि नयाँ अध्ययनमा यसको सम्भावना बढेर ४० प्रतिशत पुगेको छ । बेलायती वरिष्ठ मौसमविद् लिन हर्मनसनका अनुसार,

‘जब हामी सन् १८५०-१९०० को समयसँग तापक्रमको तुलना गर्छौं, फरक स्पष्ट देखिन्छ। यो अवधिमा तापक्रम १.५ डिग्री सेल्सियसले बढेको देखाउँछ। त्यसैले समयलाई हाम्रो हातबाट बाहिर जान नदिन केही कठोर निर्णय लिने समय आएको छ ।’ अन्वेषकहरूका अनुसार आगामी पाँच वर्षमध्ये कुनै एक वर्ष तापक्रममा हुने वृद्धि पनि अस्थायी अवस्था हो ।

प्रतिक्रिया