आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ : महासंघका अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन्। आर्थिक सङ्कट सुधारोन्मुख भएको बताउँदै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका हुन्।
काठमाडौंमा हिमालय सीमापार व्यापार सङ्घले आइतबार गरेको कार्यक्रममा अध्यक्ष ढकालले मुलुकमा देखिएको आर्थिक सङ्कटमा केही समयपछि बिस्तारै सुधार आउने र व्यापार व्यवसाय राम्रो हुने दाबी गरे।
उने भने,‘एक डेढ वर्षमा अहिलेको अवस्थामा बिस्तारै सुधार हुँदै जान्छ । व्यवसायीले निराश बन्नुपर्ने अवस्था छैन। आत्तिनु पर्दैन।’
घरायसी समस्याका कारणले भएका आत्महत्या हत्यालाई अर्थ र व्यापारसँग जोडेर विश्लेषण गर्नु ठिक नभएको उनको भनाई छ ।
उनले भने,‘विभिन्न घरायसी र अन्य कारणले कतिपय मान्छेले आत्महत्या गरेका छन् । त्यसलाई अर्थ र व्यापारसँग जोडेर हेर्ने गरिएको छ । सबै विषयलाई आर्थिक पक्षसँग जोडेर हरिनु ठिक होइन। यस्ता घटनामा यर्थाथ पक्ष हेरिनुपर्छ ।’

प्रतिक्रिया