टोपबहादुरलाई ओलीको ‘झड्केलो छोरो’ भनेपछि एमालेको नियमापत्ति

नेपालखोज २०८० वैशाख २५ गते १३:१५

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुरलाई ओलीको ‘झड्केलो छोरो’ भनेपछि एमालेले नियमापत्ति जनाएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले दिएको सो अभिव्यक्तिलाई रेकर्डबाट हटाउन एमालेले माग गरेको हो ।

सोमबारको बैठकको सुरुमै आपत्ति जनाउँदै एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले रायमाझीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे छन्।

उनले भने, ‘माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ। त्यसमा नेकपा एमालेको नियमापत्ति छ। हामीले हिजो नियमापत्ति जनाउने सोचे पनि पहिलो दिनको बैठक भएकाले गरेनौँ। उहाँले हिजो पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जड्खेलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ।’

व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिन नहुने तथा आफ्नो पार्टीका सचिव टोपबहादुर कुनै बेला माओवादीको नेताको रूपमा रहेको र अहिले नेकपा एमालेको सचिवको रूपमा रहेकाले ‘झड्केलो छोरो’ शब्दको प्रयोग गर्दा सम्पूर्ण सांसदको गरिमा घट्ने श्रेष्टले बताए ।

प्रतिक्रिया