लिम्पियाधुरा फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

नेपालखोज २०८० वैशाख २५ गते १३:३०

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने पहल भइरहेको बताएको छ ।

प्रतिनिधिसभामा लिम्पियाधुरा फिर्ताका लागि सरकारले गरिरहेको पहलबारे नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जानकारी मागेका थिए ।

सांसद सुवालको प्रश्न पछि प्रतिनिधिसभाले परराष्ट्र मन्त्रालयलाई ‘नेपालको पूर्व, दक्षिण र पश्चिमतर्फ भारतसँगको खुला सिमानाको ६६८ ठाउँमा भइरहेको भारत अतिक्रमित नेपाली भूमि कहिले फिर्ता हुन्छ ? नेपाल–भारत सीमा विवाद समाधान नहुनुमा दोषी को–को हुन् ?’ भनी प्रश्न गरेको थियो ।

परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई पठाएको जवाफमा अतिक्रमित भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक माध्यमबाट निरन्तर पहल भइरहेको उल्लेख छ ।

प्रतिक्रिया