आइतबार, जेठ ६, २०८१

पञ्जाबमाथि केकेआरको रोमाञ्चक जित

नेपालखोज २०८० वैशाख २६ गते ५:२२

पञ्जाब किंग्स : १७९/७, शिखर धवन–५७, वरुण चक्रवर्ती ३/२६

केकेआर : १८२/५, नितिश राना–५१, राहुल चाहर २/२३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

कोलकातालाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो भने १९ औँ ओभरमा आन्द्रे रसेलले २० रन बनाएर कोलकातालाई जितको नजिक पुर्‍याएका थिए । २० औँ ओभरको अन्तिम बलमा कोलकातालाई २ रन चाहिएको थियो, जसमा रिन्कु सिंहले चौका प्रहार गर्दै जित दिलाए ।

कोलकाताको इडेन गार्डेन रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा कोलकाताले ५ विकेटमा लक्ष्य पुरा गर्‍यो । पञ्जाबले पावर प्लेमा नै ३ विकेट गुमाएको थियो भने ६ ओभरमा ५८ रन बनाएको थियो ।

ओपनर प्रभासिम्रान १२, भानुका राजपाक्षे ० र लियाम लिभिङस्टोन १५ रन बनाएर आउट भए । कोलकाताका लागि हर्षित राणाले दुई र वरुण चक्रवर्तीले एक विकेट लिए । रिंकुले अन्तिम बलमा चौका प्रहार गरे र १० बलमा २१ रन बनाएर अविजित रहे । केकेआरका लागि कप्तान नितिश राणाले ५१ रन बनाए ।

केकेआरले अन्तिम ओभरमा ६ रन जोड्नु थियो । केकेआरका ब्याट्सम्यानले पहिलो तीन बलमा दुई रन मात्र बनाउन सकेका थिए । चौथो बलमा रसेलले दुई रन लिए । रसेल पाँचौँ बलमा रन आउट भए । रसेलले २३ बलमा ४२ रन बनाए । उनले तीन चौका र तीन छक्का प्रहार गरे ।

कोलकाताका लागि वरुण चक्रवर्तीले २६ रन दिएर तीन विकेट लिए भने हर्षित राणाले दुई विकेट लिए । यसै गरी नितिश राना र सुयश शर्माले एक एक विकेट लिए ।

प्रतिक्रिया