बिहीबार, जेठ २, २०८२

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु संगठित अपराध

नेपालखोज २०८० वैशाख २६ गते १७:१६

काठमाडौं । वृहत् नागरिक आन्दोलनले नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु संगठित अपराध भएको बताएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको वृहत् नागरिक आन्दोलनले विज्ञप्ति मार्फत बताएको हो ।

यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको भन्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग सहित बुधबार दिउँसो ३ बजे भद्रकालीमा विरोध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ ।

‘अमेरिका लैजाने नाममा सय नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अब रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट भइरहेको ढाकछोपप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया