नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २६ गते २२:३३
पाल्पामा आगलागीबाट ४ घर नष्ट, दुई घाइते ।
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर पाँच गम्भीर, ८ घरगोठ नष्ट ।
झापामा प्रहरी र प्रदर्शनकारीबीच झडप, गोली लागेर २ जना घाइते ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ ।
विदेशबाट फर्किने नेपालीलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय ।
पछिल्लो ४ वर्षमा ५१८ गर्भवती तथा सुत्केरीको उद्धार ।
एमाले केन्द्रीय समिति बैठकको १० एजेण्डा तय ।
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन ।
सफा हिमाल अभियानमा २९ हजार किलो फोहर सङ्कलन ।
मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन ।
४४ सहसचिवको सरुवा ।
नेप्से १० अंकले बढ्दा ७७ करोड रुपैंयाँको सेयर किनबेच ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ ।
‘ए’ डिभिजन लिगमा सङ्कटाले जित निकाल्दा थ्री स्टार र एनआरटी अङ्क बाँडे, जावलाखेल शीर्ष स्थानमा ।
सम्बन्धित

प्रतिक्रिया