मंगलबार, जेठ २८, २०८२

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखोज २०८० वैशाख २७ गते ७:२९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न जसपाले बैठक बोलाएको हो ।

यसैबिच जनता समाजवादी पार्टीले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारीदेखि सङ्घीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया