शुक्रबार, असार २०, २०८२

संसद सचिवालयलाई टोपबहादुरले लेखे पत्र : बिरामी भएर अस्पतालमा छु

नेपालखोज २०८० वैशाख २७ गते १४:३०

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संघीय संसद् सचिवालयलाई पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी मुद्दामा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र संसद् सचिवालय पुगेको हो ।

आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह सहितको पत्र लेखिएको स्रोतले जनाएको छ । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ । रायमाझी फरार छन् ।

प्रतिक्रिया