शनिबार, जेठ ५, २०८१

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल पनि

नेपालखोज २०८० वैशाख २८ गते ७:४२

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिने घोषणा गरेका छन् ।

ट्वीट गर्दै मस्कले भनेका छन्– यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् ।

उनले निकट भविष्यमै डिएममा हुने संवादहरु इनक्रिप्सन मार्फत् सुरक्षित हुने पनि बताएका छन् । जसका कारण तेस्रो पक्षले ट्वीटरमा हुने संवाद हात पार्न सक्नेछैन ।

मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् ।

तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ ।

प्रतिक्रिया