मंगलबार, जेठ २८, २०८२

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, १० एजेण्डामा छलफल हुँदै

नेपालखोज २०८० वैशाख २८ गते ८:१७

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ ।

तीन दिनसम्म चल्ने बैठकमा १० वटा एजेण्डामा छलफल गरी निर्णयमा पुग्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक)हरु सहभागी हुनेछन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका एजेण्डा रहेको नेता रिजालले जानकारी दिए ।

प्रतिक्रिया