राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक
नेपालखोज
२०८० वैशाख २८ गते ११:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समितिको पूर्ण बैठक १ देखि ३ गतेसम्म काठमाडौंमा बोलाइएको छ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिण्डनले वर्तमान राजनीतिक अवस्था र भावी कार्यदिशाबारे राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा पार्टीको भावी कार्यनीति र रणनीतिक कार्य योजना प्रस्तुत गर्न समितिले तयारी गरिसकेको वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेतृत्वलाई जानकारी दिए ।
सचिवालय प्रमुख हेमजाङ गुरुङले र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले सचिवालयको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरेका हुन् ।
त्यसै गरी पछिल्लो राजनीतिक घटनाक्रम र नक्कली भुटानी शरणार्थी मुद्दामा भइरहेको अनुसन्धानबारे पार्टीको धारणालाई लिएर निर्णय गर्नुपर्ने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया