पाकिस्तानका पूर्वविदेशमन्त्री महमूद कुरैशी पक्राउ

पाकिस्तान । पाकिस्तानका पूर्व विदेश मन्त्री तथा पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) का नेता शाह महमूद कुरैशी पक्राउ परेका छन् । कुरैशी इस्लामावादबाट पक्राउ परेको बिबिसी उर्दूले जनाएको छ।
पक्राउ गर्नुअघि कुरेशीले रेकर्ड गरिएको भिडियोमा भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ। म सन्देश दिन चाहन्छु( यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र यसमा हामी सहभागी हुनै पर्छ।
आज इमरान खान उनीहरूको हिरासतमा छन्, जसबाट उनको ज्यान खतरामा छ। तपाईँहरूले हाम्रो वास्तविक स्वतन्त्रता सङ्ग्राम जारी राख्नुपर्छ र इमरान खान रिहा नभएसम्म नरोक्नुहोस्।’
पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन जारी छ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले बुधवार राति देशलाई सम्बोधन गर्दै हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइने चेतावनी दिएका छन्।
यसैबिच पाकिस्तानमा चलिरहेको हिंसाका कारण १० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया