शुक्रबार, जेठ ४, २०८१

सामसङले गर्याे ग्यालेक्सी ए २४ एलटिइ सार्वजनिक

नेपालखोज २०८० वैशाख २८ गते १३:३४

काठमाडौं । साममङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यस पटक सामसङले बजारमा ग्यालेक्सी ए २४ एलटिइ पेस गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनको साथै अधिक अद्भुत गुणहरूले भरपुर छ ।

यो नयाँ ग्यालेक्सी ए २४ एलटिइमा केही अद्वितीय विशेषताहरू लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ ।

मोबाइलले १२८ जिबिर २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि र्यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत १ टिबीसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।

ग्यालेक्सी ए २४ एलटिइको क्यामराका हकमा पृष्ठ भागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रा वाइड र २ एमपि म्याक्रो लेन्सहरूले सपोर्ट गरेका छन् ।

यसमा १३ एमपि सेल्फीक्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरूलाई क्याप्चर गर्न एक उपयुक्त सेट अप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरूसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

त्यसैले अब तपाई्ले आफ्नो वरिपरिका अद्भुत दृश्यहरू क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिनु होस् किनकि ग्यालेक्सी ए २४ एलटिइमा स्टोरगर्नको लागि प्रशस्त क्षमता छ ।

स्टोरको कुरा गरिरहँदा तपाई्ले केही अद्वितीय एप्हरु र फिचरहरू पाउन सक्नु हुनेछ, जुन तपाईँले फोनबाट प्राप्त गर्नु हुने विशेषताहरुसंग राम्ररी मेल खान्छ ।

तपाई्रले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरिद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव सँगाल्न सक्न हुन्छ । ६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मूल्य .२८,९९९/ कायम गरिएको छ भनेँ ८ + १२८ जिबिको मोबाइल .३१९९९/मा उपलब्ध छ ।

यो एउटा त्यस्तो स्मार्टफोन हो जुन अद्भुत बनावट र विशेषताहरू युक्त छ र यो केही अद्वितीय पलहरूको सिर्जना गर्नका लागि पनि बनेको एक उपयुक्त उपकरण हो ।

प्रतिक्रिया