थप ३० जनामा कोरोना संक्रमण
नेपालखोज
२०८० वैशाख २८ गते १८:१५

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
बिहीबार मात्रै ३१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
प्रतिक्रिया