बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल कारवाही नगर्ने
नेपालखोज
२०८० वैशाख २८ गते २२:०४

काठमाडौं । नेपाली कांग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारवाही नगर्ने भएको छ ।
आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको ठहर भएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाँणले अनुसन्धानलाई सघाइरहेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।
कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनले बताए । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको उनको भनाइ थियो ।
परियारले तत्काल कारवाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे । हिजोको बैठकमा केही नेताले निलम्बन गर्नुपर्ने धारणा राखेको भनि प्रकाशित समाचारको उनले खण्डन गरे ।
सम्बन्धित
प्रतिक्रिया