मंगलबार, जेठ २८, २०८२

संविधानसभा सदस्य बस्नेतको निधन

नेपालखोज २०८० वैशाख २९ गते ८:५६

काठमाडौं । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको सिफलमा बस्दै आएका बस्नेत गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली कांग्रेसका नेतासमेत हुन् ।

सोलुखुम्बुमा जन्मिएका बस्नेत २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि नै कांग्रेसमा सक्रीय थिए । बस्नेत कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

उनी वीपी कोइरालाका अनुयायी, चिन्तक, लेखकसमेत मानिन्छन् ।

प्रतिक्रिया