सुनचाँदीको मूल्य घट्यो
नेपालखोज
२०८० वैशाख २९ गते १२:३०

काठमाडौं । नेपाली बजारमा आज शुक्रवार सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार ८ सय रुपैयाँले घटेर एक लाख १० हजार ८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसै गरी, चाँदीको मूल्य पनि शुक्रवार ५५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्बन्धित

प्रतिक्रिया